अनिल श्रेष्ठको अध्यक्षतामा आँबुखैरेनी वाङ्‍मय परिषद् गठन - कालीको सुसेली

नयाँ सामग्री

Post Top Ad

Friday, July 22, 2022

अनिल श्रेष्ठको अध्यक्षतामा आँबुखैरेनी वाङ्‍मय परिषद् गठन

आँबुखैरेनी । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्वर्धन लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आज आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९÷०४÷०३ बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने, बताए । अनिल श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष सानुकाजी थापा, सचिव युवराज बगाले, सहसचिव कमल सापकोटा, कोषाध्यक्ष राजेन्द्र गुरुङ र सदस्यहरु रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल मनोनित  रहेका छन् । 



मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने, बताए ।  पालिका प्रमुख चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ। ब। २०७९÷०८० बजेटबाट रु १५,००००।–९पन्ध्र लाख रुपैयाँ० विनियोजन गरेको’ पनि  बताए । 


परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ साल भाद्र २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Post Top Ad