कालीको सुसेली: गजल

नयाँ सामग्री

Post Top Ad

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Monday, December 14, 2020

गजल -रुपिन्द्र प्रभावी

December 14, 2020 0

 

 

गजल

                                              – रुपिन्द्र प्रभावी
के सोचेको होला यो देशले देशका युवाहरुका बारेमा
विमानस्थल हुँदै उडी जाने सयौँ बटुवाहरुका बारेमा 


मानव बेचबिखनविरुद्ध हामी पनि लड्यौँ पटक पटक
आज किन चुप छौँ हामी दलाल, साइँदुवाहरुका बारेमा ?


संस्कारहरु फेर्नुपर्छ भनियो, तोड्नुपर्छ भनियो थोत्रा संस्कृति
अब के भन्ने होला कथित अग्रगामी बुर्जुवाहरुका बारेमा 


जसलाई पठाइएको थियो देशै चलाउन भनेर साथी हो
उसको ध्यान अल्झिएको छ सरुवा र बढुवाहरुका बारेमा


प्रश्न उठाउन सिकाए जसले आज आफैँ प्रश्न भएका छन्

अब त प्रश्न गर्नैपर्ने भएको छ आफ्नै अगुवाहरुका बारेमा ।

                                                                                     rupindrakatu@gmail.com


पूरा पढ्नुहोस्>>>>

Post Top Ad